काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ८९९ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संत्रमण पुष्टि भएको हो।
सोही अवधिमा ५१८ जना संक्रमणमुक्त भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ८१५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।