काठमाडौं– आजदेखि ललितपुर महानगरपालिकाका ७४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप (पिसिभी १३) दिइँदै छ।
आजदेखि १७ कात्तिकसम्म २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले नेपाली नागरिकता प्रमाण पत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा खोप ज्येष्ठ नागरिकलाई खोप दिने जनाएको हो।
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तरगत ७४ माथिकालाई खोप लगाईसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ। महानगरपालिकाले तोकिएको दिनमा तोकिएको वडाको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेको छ।