काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूले तीन सदस्यीय समिति गठन गरेका छन्।
सर्वोच्चमा आइतबार बसेको न्यायाधीशहरूको बैठकले ग्रेसफूल एक्जिट (सम्मानजनक बहिर्गमन)का लागि प्रधानन्यायाधीशको कुनै प्रस्ताव भए त्यसमा छलफलका लागि तीन न्यायाधीश रहेको वार्ता टोली गठन गरेको जनाइएको छ।
बैठकमा केही न्यायाधीशरुले प्रधानन्यायाधीशसँग एक पटक संवाद गर्नुपर्ने कुराहरु उठेकोले उक्त समिति गठन गरिएको एक न्यायाधीशले जानकारी दिएका छन्।
उनका अनुसार प्रधानन्यायाधीश जबरा सम्मानजनक बहिर्गमनका लागि तयार भएमा उनको प्रस्ताव सुन्ने निर्णय भएको हो। प्रधानन्यायाधीश राणाले न्यायालयको गरीमा जोगाउन नसकेको भन्दै न्यायाधीशहरु आन्दोलित भएका छन्।