काठमाडौं- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदय कुमार श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट ग्रसित डा. श्रेष्ठको उपचारका क्रममा नर्भिक अस्पतालमा गत शुक्रबार निधन हो।
नेपाल चिकित्सक संघका महासचिव डा. वद्री रिजालले विज्ञप्ति जारी गर्दै डा. श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदान सधै स्मरणयोग्य रहने बताएका छन्।
‘इमान्दार, लगनशील र प्रतिष्ठित मुटुरोग विशेषज्ञ गुमाउन पुगेकोमा संघ अत्यन्तै मर्माहित भएका छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनी अल्का अस्पतालमा कार्यरत थिए।