बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अवैध औषधिसहित संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

अवैध औषधिसहित संखुवासभाबाट दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले खाँदबारी–९ तुम्लिङटारस्थित बुद्ध होटलबाट अवैध औषधिसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिचुवान प्रान्त घर भई हाल खाँदबारी–९ तुम्लिङटार बस्ने सान्दोङ र यू छिनग्लिन रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। विशेष सुराकीका आधारमा प्रहरीले निजहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय संखुवासभा र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटार प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बुद्ध होटलमा लुकाइराखेका अवस्थामा राजश्व छली गरेर ल्याएको पीबीओजी औषधिसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक अधिकारीले बताए।

प्रहरीले बुद्ध होटलको कोठा नम्बर ५०२ बाट ८०० किलोग्राम पीबीओजी औषधिसमेत बरामद गरेको उनले बताए। चिनियाँ नागरिकबाट बरामद भएको पीबीओजी औषधि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। - रासस


प्रकाशित: Oct 31, 2021| 21:06 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।