धनगढी- धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका-३ वडा कार्यालय नजिक अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय पुष्प गिरीको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार सोही ठाउँका १८ वर्षीय पशुपति बोहरा र १६ वर्षीय समीर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।
पानी ट्याङ्कीबाट भन्सारतर्फ गइरहेको म२प ७६३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालकसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।