बुधबार, भदौ ३, २०८३

राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने भएकी छन् ।
 |  आइतबार, कात्तिक १४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने भएकी छन् । बुद्धजन्मस्थल लुम्बिनीमा उनले बज्रयान विहारको अवलोकन, मायादेवीमा पूजा तथा लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए।

उनले भने, 'महामहिम राष्ट्रपतिज्यू आज विहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ। यहाँ उहाँलाई कोषको तर्फबाट लुम्बिनी गुरुयोजनाको हालसम्मको प्रगतिका बारेमा ‘ब्रिफिङ’ हुन्छ। उहाँले मायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्ने, शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्ने एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी  लिने कार्यक्रम रहेको छ।'

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुने छन्।

शनिबार नै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिव लुम्बिनी पुगिसकेको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए।

उनका अनुसार लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम छ। सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो। 

फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा पुगेको छ। रुपन्देहीको सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रमुख जिल्ला अधिकारी श्रषिराम तिवारीले बताए।

प्रकाशित: Oct 31, 2021| 09:10 आइतबार, कात्तिक १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।