पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए।
पानीको मुहान र स्रोत संरक्षण गरी दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। स्मार्ट वासका अध्यक्ष रामदीप साहले विश्वभर खानेपानीका रूपमा प्रयोग गरिने आधा पानीको स्रोत भूमिगत पानी नै रहेको...
सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
लेटाङस्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले होली पर्वका दिन यौन दुर्व्यवहार गरेको घटना आइतबार बाहिरिएपछि विद्यालय परिसर तनावग्रस्त बन्यो। २६ वर्षीया उर्मिला श्रेष्ठले ज्यान गुमाउनुपर्यो।
झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिब एवं विपन्न परिवारका लागि स्वास्थ्य बीमाको शुल्क तिरिदिने घोषणा गरेका छन्।
देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउनु पर्ने बताएका हुन्।