बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीडितसँगै बसेकी दुर्गाको बयान : पलका म्यानेजरले मलाई ५० लाखको अफर गरेका थिए

पीडितसँगै बसेकी दुर्गाको बयान : पलका म्यानेजरले मलाई ५० लाखको अफर गरेका थिए

पल शाह प्रकरण मिलाउन म्यानेजर कृष्णप्रसाद जोशीले पीडित नाबालिगकी निकट मित्र दुर्गा अधिकारीलाई ५० लाख रकमको अफर गरेको रहस्य बाहिर आएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- पल शाह प्रकरण मिलाउन म्यानेजर कृष्णप्रसाद जोशीले पीडित नाबालिगकी निकट मित्र दुर्गा अधिकारीलाई ५० लाख रकमको अफर गरेको रहस्य बाहिर आएको छ। मंगलबार तनहुँ अदालतमा बुझाइएको अभियोगपत्रमा दुर्गाले दिएको बयानमा जोशी गरेको उक्त अफर गरेको उल्लेख छ। 

‘म गत साउन महिनामा घुम्न भनी काठमाडौं गई करिब २१ दिन पीडित नाबालिकाको कोठामा बसेको थिएँ,’ बयानमा दुर्गाले भनेकी छिन्, ‘कोठामा बस्दा पीडितले प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पटकपटक जबर्जस्ती करणी गरेको भनी बताएकी थिइन्। त्यतिबेला कृष्ण जोशीले मलाई तिमीले पीडित नाबालिका कँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसको बारेमा नराम्रा खबरहरू बुझेर हामीलाई खबर देऊ। तिमीलाई ५० लाख रुपैयाँसम्म रकम पूर्ण विक्रम शाहबाट दिलाईदिन्छु। म्यूजिक भिडियो खेल्ने अवसर पनि दिन्छु भनी आश्वासन देखाएका थिए। तर, मैले जोशीले भने अनुसारको काम गरिनँ। त्यही कारण मलाई आक्षेप लगाई धम्की दिई म्यासेज पठाएका थिए।’

त्यसो त जोशीले पनि दुर्गालाई धम्की दिएको कुरा आफ्नो बयानमा स्वीकारेका छन्। ‘मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर। तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ,’ कृष्ण जोशीले बयानमा भनेका छन्,‘तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।’

दुर्गा अधिकारीको दिएको बयान:

म गत साउन महिनामा घुम्न भनी काठमाडौं गई करिब २१ दिन पीडित नाबालिकाको कोठामा बसेको थिएँ। कोठामा बस्दा पीडितले प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पटक पटक जबर्जस्ती करणी गरेको भनी बताएकी थिइन्।

त्यतिबेला अर्का प्रतिवादी कृष्ण प्रसाद जोशीले मलाई तिमीले पीडित नाबालिका कँहा जान्छे, कोसँग के कस्तो कुरा गर्छे, त्यसको बारेमा नराम्रा खबरहरू बुझेर हामीलाई खबर देऊ तिमीलाई ५० लाख रुपैयाँसम्म रकम पूर्ण विक्रम शाहबाट दिलाईदिन्छु, म्यूजिक भिडियो खेल्ने अवसर पनि दिन्छु भनि आश्वासन देखाएका थिए। 

तर, मैले जोशीले भने अनुसारको काम गरिनँ। त्यही कारण मलाई आक्षेप लगाई धम्की दिई म्यासेज पठाएका थिए।

नाबालिकालाई जबर्जस्ती करणी गर्न व्यवस्था मिलाइदिने र जबर्जस्ती करणी गर्ने दुवैलाई कानुन बमोजिम अधिकतम सजाय हुनु पर्दछ भन्ने मेरो माग छ।

प्रकाशित: Mar 22, 2022| 19:39 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।