सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रीसहितको टोलीद्वारा वीर अस्पताल निर्माणस्थलको अनुगमन

मन्त्रीसहितको टोलीद्वारा वीर अस्पताल निर्माणस्थलको अनुगमन

स्थानीय जनताको सहमतिमा नेपाल सरकारले यहाँको ५७० रोपनी जग्गामा एक हजार शय्याको स्पेसालिटी वीर अस्पताल निर्माण गर्न भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाममा २०७३ सालमा जग्गादर्ता गरे पनि अस्पताल निर्माण अलपत्र परेको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले भक्तपुरको दुवाकोटमा निर्माण गर्ने भनिएको वीर अस्पतालको भवन नेपाल सरकारको बजेटले मात्रै निर्माण हुननसक्ने बताएका छन्। स्थानीय जनताको सहमतिमा नेपाल सरकारले यहाँको ५७० रोपनी जग्गामा एक हजार शय्याको स्पेसालिटी वीर अस्पताल निर्माण गर्न भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को नाममा २०७३ सालमा जग्गादर्ता गरे पनि अस्पताल निर्माण अलपत्र परेको छ।

National life

मंगलबार अस्पताल निर्माणस्थलमा पुग्नुभएका मन्त्री खतिवडासहित स्वास्थ्य मन्त्रालयमा सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईं, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति देवनारायण साह,  मन्त्रालयका विज्ञ सल्लाहकार डा रमेश ढकाल, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रवक्ता डा सङ्गीता मिश्रलगायतको टोलीले अनुगमन गरेको हो। 

सुरुमा रु ३० अर्बको बजेटमा अस्पताल निर्माण गर्ने बजेट इस्टिमेट गरेको भए पनि अहिले त्यसको लागत ४० देखि ५० प्रतिशत बढेर करिब रु ५० अर्ब पुगेको अनुमान गर्दै मन्त्री खतिवडाले चिनियाँ सरकारले अस्पताल बनाइदिने भनेर नै यो परियोजना अगाडि बढाएको बताए। 

चिनियाँ सरकारले लगानी सहयोग नगरे नेपाल सरकारकै बजेटमा मात्रै तत्काल अस्पताल निर्माण हुननसक्ने बताउँदै मन्त्री खतिवडाले भने, 'यो अर्काको खुट्टामा टेकेर अगाडि बढ्न खोजेको परियोजना हो, चीन सरकार विश्वसनीय भएर लगानी गर्न सहमत भए मात्रै यो परियोजना अगाडि बढ्छ, यो ठूलो बजेट भएकाले हाम्रो बजेटले मात्रै निर्माण गर्न सक्दैनौँ।'

चीन सरकारले बजेट दिन्छौं भनेर नै नेपाल सरकारले यो परियोजना अगाडि बढाउन आँट गरेको भन्दै उनले गरिब देश हुनुको पीडा यस्तो बेलामा देखिने बताए। कोभिडका कारण पनि समस्या आएको उनको भनाइ थियो।

Shivam cement

अरूको भर पर्दा यस्तो समस्या आउने बताउँदै मन्त्री खतिवडाले भने, 'चिनियाँ विदेशमन्त्रीको हुन लागेको नेपाल भ्रमणमा यो अस्पतालसहितका अरू परियोजनाका बारेमा छलफल हुन्छ, त्यतिबेला चीन सहमत भए अस्पताल निर्माण अगाडि बढ्छ, सहमत नभए नेपाल सरकारले लिखिर-लिखिर भए पनि काम सुरु गर्छ, दाता पनि खोज्छ, अस्पताल निर्माणको अगाडि बढाउने कुरामा सरकार प्रतिबद्ध छ।'

फास्ट ट्र्याक निर्माणमा विदेशीले लगानी गर्न नमानेपछि सरकारले आफँै गर्न खोज्दा ढिलाइ भएको भन्दै उनले भने, 'दोस्रो चक्रपथ बन्ने भनेको कति भयो, २७ किलोमिटर सडक निर्माण गर्न थालेको छ वर्षमा बल्ल कोटेश्वरबाट कलङ्की पुग्यो, यो पूरा गर्न १५ वर्षमा पनि सकिँदैन जस्तो लाग्न थालेको छ, ठूला परियोजना आफैँ सञ्चालन गर्न हुति र ल्याकत हामीसँग छैन, अनि दाताको भर पर्नुपर्दा समस्या त आउँछ।'

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले अस्पताल निर्माण क्षेत्रमा पटकपटक विभिन्न मन्त्री र सरकारी टोलीले अनुगमन गरे पनि काम अगाडि नबढेको भन्दै आक्रोश व्यक्त गरे। उनले न्याम्सको लापरवाही र फाइल नै लुकाउने प्रवृत्तिले अस्पताल निर्माण रोकिएको भन्दै नबनाउने भए बनाउन सक्दैनौं भन्न र बनाउने भए काम अगाडि बढाउन आग्रह गरे। 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अस्पताल निर्माण गर्ने भनेर नै जनताले जग्गा दिएको बताउँदै भने, 'यहाँ आउन मूलपानी, पेप्सीकोला, तेलकोट, भक्तपुर चारैतिरबाट सडक निर्माण भइरहेको छ, खानेपानी स्रोतको काम, विद्युत् आपूर्तिको काम भएको छ, तर बर्सेनि सरकारले छुट्याएको रु ४० देखि ५० करोड फ्रिज भइरहेको छ, यो कस्तो विडम्बना हो?'

प्रकाशित: Mar 22, 2022| 23:10 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।