सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँका घरधनीको बयान : पल र पीडित हाम्रो घरमा बसेका हुन्

तनहुँका घरधनीको बयान : पल र पीडित हाम्रो घरमा बसेका हुन्

पीडित नाबालिगको आरोपअनुसार तनहुँ दुलेगैँडास्थित प्रदीप थापाको घर पल शाहले उनलाई करणी गरेको भनिएको स्थान हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- पीडित नाबालिगको आरोपअनुसार तनहुँ दुलेगैँडास्थित प्रदीप थापाको घर पल शाहले उनलाई करणी गरेको भनिएको स्थान हो। त्यसैले अनुसन्धानका क्रममा प्रहरीले घरधनी प्रदिप र उनकी श्रीमती गंगा थापासँग पनि बयान लिएको थियो। 

National life

मंगलबार जर्बजस्ती करणी अभियोगमा पल र मतियारका रुपमा म्यानेजर कृष्ण जोशी विरुद्ध दर्ता भएको अभियोग पत्र हेर्दा घरधनीद्धय प्रदिप र गंगा थापाले गत वैशाख १४ गतेको रात पल र पीडित नाबालिग आफ्नो घरमा बास बस्न आएको कुरा स्वीकारेका छन्। तर, पलले करणी गरेको भन्ने कुराचाँही आफूहरुले पछि मात्रै थाहा पाएको बयान दिएका छन्। 

‘त्यस साँझ पल, पीडित, कमल खत्री र जुरी ठाकुर गरी चार जना हाम्रो घरमा आएका थिए। बियर समेत खाएका थिए,’ बयानमा उनीहरुले भनेका छन्, ‘तर, साँझ सुत्ने क्रममा पीडित अलगै कोठामा, प्रतिवादी पल शाह (पूर्ण विक्रम) र कमल खत्री अर्को कोठा र जुरी ठाकुर हलकोठामा सुतेका थिए। उक्त राती प्रतिवादी पलले पीडित नाबालिगलाई जर्बजस्ती करणी गरेको भन्ने कुरा हामीले पछि सुनी थाहा पाएका हौं।’

घरधनी प्रदीप थापा र गंगा थापाको बयान:
कुल पुजाको क्रममा चिनजान भएका दुर्गेश थापामार्फत पल शाहसँग हाम्रो चिनजान भएको थियो। ०७८ वैशाख १४ गते पलले मलाई फोन गरेर दुलेगौडामा सुटिङ गर्न आउनुपर्‍यो भनेका थिए। सोही साँझ पल, पीडित कमल खत्री –गायक) र जुरी ठाकुर (पलका हेयर स्टाइलिस्ट) समेत चार जना हाम्रो घरमा आएका थिए। बियर समेत खाएका थिए। 

तर, साँझ सुत्ने क्रममा पीडित अलगै कोठामा, प्रतिवादी पल शाह (पूर्ण विक्रम) र कमल खत्री अर्को कोठा र जुरी ठाकुर हलकोठामा सुतेका थिए। उक्त राती प्रतिवादी पलले पीडित नाबालिगलाई जर्बजस्ती करणी गरेको भन्ने कुरा हामीले पछि सुनि थाहा पाएका हौं। जो दोषी छ, उनीहरुलाई कानुन बमोजिम हुनुपर्छ।

Shivam cement

प्रकाशित: Mar 22, 2022| 20:05 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।