सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भुपेन्द्र बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका तीन अभियुक्त फेरि समातिए

भुपेन्द्र बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका तीन अभियुक्त फेरि समातिए

कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोप लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन्।

National life

कैलाली जिल्ला अदालतले थुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावेदन मुद्दामा उच्च अदालत दिपायलले अभियुक्तलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय विकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर छन्।

अब उनीहरुलाई जिल्ला अदालत कैलालीमा पेश गरिनेछ। पक्राउ परेका तीनै जना गत मंसिर २४ गते जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुझाएर तारेखमा छुुटेका थिए। अन्य ९ जना अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।

लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। कैलाली प्रहरीले बडुवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो। उनीहरुमध्ये १० जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुक्तको संख्या १३ पुगेको छ। ८ जना आरोपित अझै फरार छन्।

Shivam cement

प्रकाशित: Mar 22, 2022| 11:30 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।