बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अफगानिस्तानमा मारिएका फोटो पत्रकार सिद्दीकीका अविभावकद्वारा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

अफगानिस्तानमा मारिएका फोटो पत्रकार सिद्दीकीका अविभावकद्वारा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

अफगानिस्तान द्वन्द्वलाई रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीको परिवारले उनको मृत्युको छानविन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दर्ता गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काबुल- अफगानिस्तान द्वन्द्वलाई रिपोर्टिङ गर्ने क्रममा हत्या गरिएका अन्तर्राष्ट्रिय पुलिट्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीको परिवारले उनको मृत्युको छानविन गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दर्ता गरेको छ।

उनीहरूले सिद्दिकीको हत्यामा संलग्‍न तालिबानका नेता तथा उच्च स्तरका कमाण्डरलगायत जिम्मेवार व्यक्तिहरूलाई कानूनी सजायको माग गर्दै निवेदन दिएका हुन्।  '१६ जुलाई २०२१ मा तालिबानद्वारा यातना दिएर मारिएका पुलिट्जर विजेता फोटो–पत्रकार सिद्दीकीका आमाबाबु प्राध्यापक अख्तर सिद्दीकी र श्रीमती शाहिदा अख्तरले पत्रकार छोराको हत्याको छानबिन गर्न र तालिबानका नेता तथा उच्चस्तरीय कमाण्डरलगायत जिम्मेवार व्यक्तिहरूलाई कानूनी कठघरामा उभ्याउन अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) अभियोजनकर्तासमक्ष उजुरी दर्ता गराएका हुन्। 

निवेदन अन्तर्राष्ट्रिय फौजदारी कानूनमा राम्रो अनुभव भएका नयाँ दिल्लीस्थित सिसेरो च्याम्बर्सका अधिवक्त अवि सिंहमार्फत् दायर गरिएको हो।

सिंहले मुद्दामा परिवारको प्रतिनिधित्व गर्नुहुनेछ। भर्चुअल पत्रकार सम्मेलनमा परिवारको प्रतिनिधित्व गर्दै आएका अधिवक्ता अवि सिंहले डेनिस सिद्दीकीको परिवारले औपचारिक उजुरी दर्ता गराएको बताए।

अधिवक्ता सिंहले भने, '१६ जुलाई २०२१ मा भारतीय फोटो पत्रकार डेनिस सिद्दीकीलाई अवैध रूपमा तालिवान समूहद्वारा पक्राउ गरियो, यातना दिइयो, अङगभङ्ग गरियो र हत्या गरिएको थियो।'

उक्त घटना अफगानिस्तानमा पृथक घटना नभएको बताउँदै पत्रकारलगायत सर्वसाधारणमाथि आक्रमण गर्नेसँग सम्बन्धित थुप्रै घटना भएको उनले बताए। 

पीडित परिवारका अनुसार सिद्दीकी तत्कालिन सरकार विरोधी तालिबान फौजको हातबाट मानवता र युद्ध अपराधको सिकार भएका थिए। ३८ वर्षीय सिद्दीकी भारतमा रोयटर्सका मुख्य फोटोग्राफर हुनुहुन्थ्यो। अफगानिस्तानमा भएको हिंसालाई समेट्ने क्रममा कान्दहार प्रान्तको स्पिन बोल्डक जिल्लामा उनको मृत्यु भएको थियो।

डेनिस सिद्दीकी आमा शाहिदा अख्तरले भने, 'हाम्रो प्यारो छोरा डेनिसलाई आफ्नो पत्रकारीताको कर्तव्य पूरा गर्ने क्रममा पक्राउ गरी बर्बर यातना दिई मारिएको थियो। उनी काममा सधैं इमानदारी र निष्ठाको पक्षमा खडा हुने साहसी व्यक्ति थिए।'

अन्तर्राष्ट्रिय फौजदारी अदालतले अफगानिस्तानमा मानवता विरुद्धका अपराध र युद्ध अपराधलगायत अन्तर्राष्ट्रिय अपराधका विषयमा अनुसन्धान गरिरहेको छ। अफगानिस्तान सरकारले रोमको कानूनलाई मान्यता दिएपछि यस मुद्दाको अधिकार छ।

सिद्दीकीको परिवारको प्रतिनिधित्व गर्ने वकिल अवि सिंहले भने, 'कुनै पनि अपराधलाई सजायबिना छुटकारा दिनुहुँदैन। तालिबानले डेनिसलाई निशाना लगाएर मारे किनभने उनी पत्रकार र एक भारतीय थिए। यो एउटा अन्तरराष्ट्रिय अपराध हो। अफगानिस्तानमा कानूनी शासनको अभाव रहेकोले आइसिसीले डेनिसको हत्याका अपराधीहरूको अनुसन्धान र अन्तर्राष्ट्रिय कानूनको अभ्यास गर्ने अधिकार छ।'

प्राध्यापक सिद्दिकीले भने, 'हामी आशा गर्छौं विश्वले द्वन्द्व क्षेत्रबाट रिपोर्टिङका क्रममा पत्रकारहरूले सामना गर्ने चरम चुनौतीहरू र खतराहरूलाई पनि ध्यान दिनेछ। हाम्रो छोरो फर्केर आउने छैन, तर कुनै दिन न्याय गरिदिने आशामा हाम्रो निवेदनले हाम्रो दुःख कम गर्नेछ।'

नयाँ दिल्लीवासी सिद्दीकीका श्रीमती र दुई सन्तान रहेका छन्। 

प्रकाशित: Mar 23, 2022| 05:00 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।