सोमबार, असार ८, २०८३

हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

झापा- स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ। 

National life

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन मंगलबार सूचना जारी गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गरे।

उनले सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिए। 


प्रकाशित: Mar 22, 2022| 22:40 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।