सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तनहुँमा दुर्गेश थापाको बयान : न्यायका लागि लड्न पीडितलाई सुझाव दिएको हुँ

तनहुँमा दुर्गेश थापाको बयान : न्यायका लागि लड्न पीडितलाई सुझाव दिएको हुँ

कलाकार पल शाहमाथि जिल्ला अदालत तनहुँमा दायर भएको जर्बजस्ती करणी मुद्दाको अभियोगपत्र गायक दुर्गेश थापाले नाबालिग गायिकालाई न्यायका लागि अगाडि बढ्न सुझाव दिएको बयान दिएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- कलाकार पल शाहमाथि जिल्ला अदालत तनहुँमा दायर भएको जर्बजस्ती करणी मुद्दाको अभियोगपत्र गायक दुर्गेश थापाले नाबालिग गायिकालाई न्यायका लागि अगाडि बढ्न सुझाव दिएको बयान दिएका छन्। 

National life

पीडितका बुबाले प्रहरीमा दिएको जाहेरीमा पलले ०७७ चैत ३१ गते बागलुङको गलकोट महोत्सव जाने–आउने क्रममा ती नाबालिगमाथि यौन दुव्र्यव्यवहार गरेको प्रसंग पनि उल्लेख थियो। पलले त्यतिबेला पीडित नाबालिगमाथि गाडीमा सँगै बसेर यात्रा गर्ने क्रममा संवेदनशील अंग चलाउने, जिस्क्याउने, समात्नेजस्ता कार्य गरेको जाहेरीमा उल्लेख थियो। 

सो यात्रामा दुर्गेश पनि सँगै रहेको जाहेरीमा उल्लेख भएकाले प्रहरीले दुर्गेशसँग त्यस विषयमा पनि सोधेको छ। अदालत पेश भएको उनका बयानमा उनले बागलुङ गलकोट महोत्सव जाने क्रममा आफूले गाडी ड्राइभ गरेको र पल र पीडित एउटै सिटमा बसेको कुरा उनले स्वीकारेका छन्। तर, दुव्र्यव्यवहार देखेकोचाँही बताएका छैनन्। 

पढ्नुस् दुर्गेशले दिएको बयान:

पीडित नाबालिगले सबै प्रकारको गीतहरु गाउने गरेकी र प्रतिवादी पल शाह भनिने पूर्णविक्रमले नेपाली फिल्म लगायत म्यूजिक भिडियोहरु खेल्ने हुँदा हामी एकै ग्रुपमा काम गर्दै आएका थियौं। 

Shivam cement

बागलुङ गलकोटिस्थित विद्यालयको सांस्कृतिक कार्यक्रममा सहभागी हुन ०७७ चैत ३१ गते पीडित नाबालिका, पल, अन्य साथीहरु कृष्ण जोशी, सम्राट चौँलागाई, योगेश काजी र म समेतका कलाकारहरु एउटै गाडीमा सवार थियौं। गाडीमा सँगै जाने तथा फर्कने क्रममा मैले नै चलाएको थिएँ। प्रतिवादी पल शाह र पीडित नाबालिगा दुवै त्यतिबेला सँगै एउटै सिटमा बसेका थिए।

त्यस्तै राति प्रदीप थापाको घर बास बसेको अवस्थामा प्रतिवादी पलले पीडित नाबालिकालाई विवाह गर्ने आश्वासन देखाई जर्बजस्ती करणी गरेको भन्ने कुरा थाहा पछि थाहा हुन आयो। ०७८ असार २३ गते काठमाडौंको अनामनगरमा हामी भेला भई पीडितलाई न्यायको लागि अगाडि बढ्न सुझाव दिएका थियौं।

प्रकाशित: Mar 22, 2022| 19:03 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।