सोमबार, असार ८, २०८३

सेनाको क्याप्टेन भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

नेपाली सेनाको क्याप्टेन हुँ भन्दै झुक्याएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेपाली सेनाको क्याप्टेन हुँ भन्दै झुक्याएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

पोखरा महानगरपालिका–१० अम्मरसिंह चोक बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–५ घर भएका ३८ वर्षीय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो।

सिंगापुर पुलिस, नेपाली सेनाको सेकेण्ड लप्टन र सिपाही पदमा जागिर लगाइदिने प्रलोभन देखाइ फेसबुकमार्फत तीन जनाबाट ९ लाख ७५ हजार १ सय ४० रूपैयाँ ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट नेपाली सेनाको नक्कली परिचय पत्र, सेनाको सहसेनानी पदको दर्ज्यानी चिन्ह र चेस्ट लगाएको नेपाली सेनाले प्रयोग गर्ने चुस्ता एक सेट, हरियो ज्याकेट, बेल्ट, दापसहितको खुकुरी, तुमलेट, सेनाको लोगो भएको गेमड्रेस र ट्रयाकसुट, विभिन्न व्यक्तिहरूको नामको उपसेनानी पदको उम्मेदवारहरूको फाराम, सिपाही पदको परिचयपत्र, खाली परिचयपत्रहरू र बा८४प ६९८८ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Mar 23, 2022| 06:47 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।