सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रकको ठक्करबाट युवकको मृत्यु, १२ घण्टा पछि खुल्याे पूर्वपश्चिम राजमार्ग

ट्रकको ठक्करबाट युवकको मृत्यु, १२ घण्टा पछि खुल्याे पूर्वपश्चिम राजमार्ग

ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तले गरेको सडक अवरोध १२ घण्टापछि सञ्चालनमा आएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

धनगढी- ट्रकको ठक्करबाट युवकको मृत्यु भएपछि क्षतिपूर्तिको माग राख्दै मृतकका आफन्तले गरेको सडक अवरोध १२ घण्टापछि सञ्चालनमा आएको छ। मंगलबार बिहान ७ बजेदेखि बन्द राजमार्ग १२ घण्टापछि सञ्चालनमा आएको हो। 

National life

कैलालीको लम्कीचुहा नगरपालिका-१० चुहामा सोमबार ट्रकको ठक्करबाट युवकको ज्यान गएको थियो। पीडित पक्ष र ट्रक व्यवसायी संघबीच सहमति भएपछि यातायात खुलेको हो। 

ईलाका प्रहरी कार्यालय सुख्खड स्थित प्रहरी प्रवक्ता एबं प्रहरी उपरीक्षक लक्ष्मण शाहीका जानकारी अनुसार मृतकका परिवारलाई नगद ५ लाख दिने सहमति भएको छ। सडक अवरोध हुँदा सवारीको लामो लाइन लागेको थियो। 

सोमबार बिहान ७ बजे लु १ ख ८९३० को ट्रकले सुदूरपश्चिम प्रदेश ०१००९ प ३९२६ को मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका १० निवासी २८ वर्षीय टेकबहादुर रावल गम्भीर घाइते भएका थिए। उनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। यसपछि आफन्तले सडक अवरोध गरेका थिए। 

प्रकाशित: Mar 22, 2022| 20:20 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।