सोमबार, असार ८, २०८३

मोरङको लेटाङमा निषेधाज्ञा यथावत

मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ। जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८
National life
Shivam cement

मोरङ- मोरङको लेटाङमा शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको छ। जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा यथावत रहेको विज्ञप्ति जारी गरेको हो। 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको हस्ताक्षरित विज्ञप्तिमा चैत ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बिहान १० बजेदेखि ४ बजेसम्म तथा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको उल्लेख छ। 

लेटाङमा भएको घटनामा परी विराटनगरको रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो। घटनामा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भएका थिए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम प्रशासनले चैत ६ गते निषेधाज्ञा आदेश जारी गरेको थियो। 


प्रकाशित: Mar 22, 2022| 22:20 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।