सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दर्ता, मतियार बनेको आरोपमा म्यानेजर जोशीलाई आधा सजाय माग

पल शाहविरुद्ध तनहुँमा पनि मुद्दा दर्ता, मतियार बनेको आरोपमा म्यानेजर जोशीलाई आधा सजाय माग

नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। शाहविरुद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता भएकाे हाे।

National life

शाहलाई हिरासतमा राखेको २१ दिनपछि तनहुँ प्रहरीले सोमबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गरेको हो। ‘नाबालिका १६ वर्षभन्दा मुनि देखिएकाले १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गरिएको छ,’ तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने, ‘निजका सहयोगी कृष्ण जोशीले मतियारको भूमिका खेलेको पाइएकाले उनलाई पनि आधा सजायको मागदाबी गरिएको छ।’ जाेशीले पलकाे म्यानेजरकाे रुपमा काम गरिरहेका थिए। 

विभिन्न प्रलोभन देखाउँदै जबर्जस्ती करणी गरेको आरोपमा नाबालिगका पिताले पलविरुद्ध जाहेरी दिएपछि गत फागुन १५ गते उनी प्रहरी नियन्त्रणमा पुगेका थिए। प्रहरीले जिल्ला अदालतबाट तीन पटक म्याद थप गरेर उनीविरुद्धको कसुरमा २१ दिन अनुसन्धान गरेको थियो। यो बीचमा प्रहरीले पीडित, आरोपित शाह, घरधनी र घटनासँग जोडिएका अन्य व्यक्तिको बयान लगायत अन्य प्रमाण संकलन गरेको थियो। 

उता उही पीडितले पूर्वी नवलपरासीको गैँडाकोटमा पनि पलविरुद्ध जर्बजस्ती करणीको जाहेरी दिएकी थिइन्। म्यूजिक भिडियो सुटिङका क्रममा त्यहाँ रहेको गैँडाकोट रिसोर्टमा पलले नाबालिगमाथि मदिरा पिएर त्यहाँ पनि करणी गरेको आरोप उनीमाथि छ। गैँडाकोट प्रहरीले भने गत बिहिबार नै अनुसन्धान सकाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आधारमा त्यहाँको जिल्ला सरकारी वकिलको कार्यलयले पललाई १४ वर्ष कैद र ४ लाख क्षतिपुर्तिको मागदाबसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भइसकेको छ। 

घटनास्थल फरक फरक जिल्लामा भएकाले दुवै अदालतमा फरक फरक हिसाबले मुद्दा प्रक्रिया अघि बढेको हो। तनहुँ जिल्ला अदालतमा अब थुनछेक बहस हुनेछ। तनहुँमा थुनछेक बहस सकिएलगत्तै उनलाई पूर्वी नवलपरासी लगिनेछ। पूर्वी नवलपरासी अदालतले थुनछेक लगत्तै त्यहाँ उपस्थित गराउन तनहुँलाई पत्राचारसमेत गरिसकेको छ।

Shivam cement

प्रकाशित: Mar 22, 2022| 13:56 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।