साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ। साउन लागेपनि राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो।
हनि ट्रयापमा संलग्न रहेको आरोपमा भक्तपुरबाट प्रहरीले शुक्रबार एक दम्पतिलाई पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले एक दम्पती पक्राउ गरेको हो।
सन् २०१६ को जुन १४ का दिन बिहान मनोज वंशलले श्रीमती अनुमाथि मट्टितेल छर्केर आगो लगाएको वंशल दिदीबहिनीले बयान दिएका छन्। मनोजलाई उनको परिवारका सदस्यहरूले पनि साथ दिएको उनीहरूको भनाइ...
चोरी आरोपमा ३१ वर्षीया श्रीमती साबित्री थापा क्षत्रीको हत्या कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ टोखा घर भएका २१ वर्षीय रमेश डंगोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका-९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन्।
बाँके कोहलपुरका २१ वर्षीय सर्जन विकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। ठूलो रकमको बीमा गरेर युवकको हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले...
नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन्।
नेपालमा बाघको संख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तारमा थप ध्यान दिइनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ।
सानै उमेरमा विदेश गएर धेरै दुःख पाएका सिस्ने गाउँपालिका वडा नं ५ रुमालबाराका वसन्त मल्लले अहिले घरमा फर्केर भैँसी पालन व्यवसाय सुरुआत गरेका छन्। उनलाई विदेशमा गर्ने दुःखको आधा दुःखले...