आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

डोलेश्वरमा कला कार्यशाला, १७ कलाकारले बनाए धार्मिक सम्पदाको आकृति

सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो। त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यस्त देखिन्थे। बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकार दिनभरि नै मन्दिर क्षेत्रमा रहेर यहाँका विभिन्न कलाकृति पेपरमा उतार्न व्यस्त देखिन्थे।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

भक्तपुर- सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध महादेव मन्दिर परिसरमा भक्तजनको ओइरो लागेको थियो। त्यहीँ मन्दिर परिसरभित्र छरिएर १७ जना कलाकार भने आफ्नै धुनमा कागजमा चित्र कोर्न व्यस्त देखिन्थे। बिहान ८ बजे मन्दिर परिसर पुगेको कलाकार दिनभरि नै मन्दिर क्षेत्रमा रहेर यहाँका विभिन्न कलाकृति पेपरमा उतार्न व्यस्त देखिन्थे।

National life

राष्ट्रिय ललित कला सङ्घले आज डोलेश्वर मन्दिर परिसरमा आयोजना गरेको चित्रकला कार्यशालामा कलाकार दिनभरिको चित्र कोर्न व्यस्त रहेको यो दृश्य मन्दिर पुग्नेहरूका लागि नौलो थियो। बिहान कला यात्रासहित सुरु भएको कार्यशालामा दिनभर कलाकारले कला सिर्जना गरेर अन्तमा सिर्जनाको प्रस्तुति एवं छलफल गरेर सम्पन्न गरिएको राष्ट्रिय ललित कला सङ्घका अध्यक्ष एवं कार्यशालाका संयोजक दीपेन्द्रमान बनेपालीले जानकारी दिए।

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक सम्पदा क्षेत्रको प्रचार–प्रसार गर्ने, त्यहाँको विकासमा टेवा पु¥याउने र त्यस्ता क्षेत्रको पहिचानको प्रवद्र्धन गर्दै पर्यटनको विकास गर्ने अभियानका साथ सञ्चालन भएको कला कार्यशाला डोलेश्वरमा आयोजना गरिएको उनले जानकारी दिए।

कार्यशालामा कलाकार बनेपाली, एनबी गुरुङ, चन्द्रा श्रेष्ठ, कान्छाकाजी भासिमा, विपना महर्जन, रुविना बाँडे, राजेन्द्र याकामी, गौरी कोजू, रुपा श्रेष्ठ, अर्जुन न्यौपाने, सौगात याकामी, मनरा प्रजापति, रमिला महर्जन, लिओन बादे, ल्यूजिना बादे, लिआ बादे, विज्ञान राईसहितको १७ कलाकारले यहाँको कलालाई पेपरमा उतारेका थिए। 

अन्तमा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, वडा नं ८ का पूर्ववडाध्यक्ष एवं डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापा, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले कलाकारको कलाकृतिले धार्मिक पर्यटनको विकासमा टेवा पुगेको भन्दै कलाकारलाई सम्मान गरेका थिए। 

प्रकाशित: Jul 30, 2022| 23:20 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।