काठमाडौं- पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङ केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो।
आइतबार बिहान ८:१४ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो।
पूर्वी नेपालमा भूकम्प गए पनि काठमाडौं उपत्यकासहित सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङलगायतका जिल्लामा पनि धक्का महसुस गरिएको छ।