आइतबार, जेठ ३, २०८३

कञ्चनपुरस्थित झर्ना खोलामा ट्रस्ट पुल निर्माण

बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि पुल निर्माण भएको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रस्ट पुल निर्माण पूरा भएको छ। बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि पुल निर्माण भएको हो।

National life

पुल निर्माणका लागि हेल्भीटासले २६ लाख ३६ हजार रुपैयाँ र गाउँपालिकाले ४ लाख रुपैयाँ लगानी गरेका छन्। पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस) ले गरेको छ।

समाजका  प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए। उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ।

यसबाट सो क्षेत्रका ६०० बढी घरधुरी लाभान्वित भएका छन्। वर्षातका बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता स्थानीयलाई रहेको थियो। 


प्रकाशित: Jul 31, 2022| 08:00 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।