आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गर्ने चार जना पक्राउ

राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गर्ने चार जना पक्राउ

राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- राहदानीको नक्कली अनलाइन फाराम भरेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

National life

त्रिपुरेश्वरस्थित राहदानी विभागमा आएका सेवाग्राहीलाई दु:ख दिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

साउन ११ गते राहदानी बनाउन आएका सेवाग्राहीलाई केही ब्यक्तिले एकै दिनमा राहदानी बनाइदिने भन्दै रकम संकलन गरेर ठगी गरेको गुनासोपछि चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले रकम सङ्कलन गरी ठगी गरेर किर्ते अनलाइन फारम भरिदिने गरेको सूचना प्राप्‍त भएपछि प्रहरी वृत्त कालिमाटीको टोलीले अनुसन्धान थालेको थियो। 

त्यसक्रममा त्रिपुरेश्‍वरस्थित राहदानी विभाग प्रमाणसहित उनीहरूलाई फेला पारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-५ घर भई चाबहिल बस्ने ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटाको पाख्रीबास नगरपालिका-१० चुन्वाङ घर भइ चाबहिल बस्ने २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२ घर भई चावहिल बस्ने २२ वर्षीय राम पौडेल र गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल घर भई चावहिलमा रोज बर्ड फोटो स्टुडियो चलाउने ४१ वर्षीय विवेक गुरुङ रहेका छन्।

प्रहरीले उनीहरू साथबाट विभिन्न ब्यक्तिको नाममा भरिएको अनलाइन फारम ३२ थान, ल्यापटप ३ थान, प्रिन्टर १ थान र मोबाइल फोन ३ थान बरामद गरेको छ। 

उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद परिच्छेद-२१ को दफा २४९ ‘ठगी सम्बन्धी कसुर’ र त्यही ऐनको २५ को दफा २७६ ‘लिखत सम्बन्धी कसुर’ मा जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएर प्रहरी बृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको छ।

प्रकाशित: Jul 31, 2022| 07:02 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।