आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रातिको समयमा चौपायालाई ठक्कर दिँदै ट्यांकर पसलभित्र छिर्‍यो, एक व्यक्ति गम्भीर घाइते

रातिको समयमा चौपायालाई ठक्कर दिँदै ट्यांकर पसलभित्र छिर्‍यो, एक व्यक्ति गम्भीर घाइते

शनिबार राति ठूलो दुर्घटना भएको छ। राति करिब १० बजे तिर खाली ट्यांकर अनियन्त्रित भएर दुर्घटना घटेको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

अत्तरिया- शनिबार राति  अत्तरियामा ठूलो दुर्घटना भएको छ। राति करिब १० बजे तिर खाली ट्यांकर अनियन्त्रित भएर दुर्घटना घटेको हो।

National life

अनियन्त्रित ट्यांकर अत्तरिया चोक नजिकै वाणिज्य बैंक पुगेर बायाँतर्फ घरभित्र नै पसेको थियो। रोडका दुई रुख ढाल्दै गाडी बाँस्कोटा पुस्तक पसलभित्र छिरेको प्रहरीले जनाएको छ। 

ट्यांकरले एउटा बिजुली पोल नै ढालिदिएको छ। अनियन्त्रित ट्यांकरले सडकमा आधा दर्जन गाडीलाई ठक्कर दिएको थियो। स्थानीय मदन जोशीले मुख्य बजारमै डर लाग्दो दुर्घटना घटेको बताए। उनले ट्यांकरको ठक्करबाट आधादर्जन चौपाय मरेको बताए।

दुर्घटनामा स्थानीय लोकेन्द्र धामी घाइते भएका छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

स्थानीयले बिहान मात्रै घटना थाहा पाएको र अहिले घटनास्थलमा स्थानीयको भीड लागेको छ। मदिरा सेवन गरेका चालकले गाडी नियन्त्रणमा लिन नसकेपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीले चालक गणेश मल्ललाई नियन्त्रणमा लिएको छ। राति दुर्घटना भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको व्यवसायी गणेश हमालले बताए। 

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी रबिन्द्रराज पाण्डेले मदिरा सेवन गरेका चालकले गाडी चलाएकाले दुर्घटना भएको बताएका छन्। उनले घटना बारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 31, 2022| 08:57 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।