आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या, देशभर ३५५ वटा पाटेबाघ

पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या, देशभर ३५५ वटा पाटेबाघ

मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले बढेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

वीरगंज- मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले बढेको छ। बाघ दिवसको अवसर पारेर वन मन्त्रालय मातहतको निकुञ्ज विभागले जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ पुगेको हो। 

National life

यसअघि सन २०१८ मा भएको बाघ गणनाको नतिजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा १८ वटा बाघ थिए।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार बासस्थानको व्यवसाथापन, उल्लेख्य आहारा प्रजाति, चोरी शिकारीमा नियन्त्रण, बाघ संरक्षणमा समुदायको सहकार्यलगायत कुराले पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या बढेको बताए।

बाघ गणनाको नतिजा अनुसार देशभरको निकुञ्जमा अहिले बाघको संख्या ३५५ पुगेको छ। नेपालमा १२ वटा निकुञ्ज र १ वटा कोशी टापु आरक्ष छन्। पाटे बाघ मात्र तराईको जगल क्षेत्रमा रहेका निकुञ्जमा मात्रै पाइने दुलर्भ वन्यजन्तु हो।

विश्वबाटै बाघ लोप हुने आशंकाले सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले अगामी दश वर्षमा बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएका थिए। त्यो प्रतिबद्धता नेपालले मात्र पूरा गरेको छ।

नेपालको पछिल्लो नतिजाअनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको छ। 

सन २०१८ को गणना अनुसार २३५ वटा बाघ थियो। सन् २०२२ मा १२० बढेर ३५५ पुगेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताए। 

सन २०१८ को नतिजाको तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका छन्।

केहीदिन अघिमात्र नेपाललाई बाघको संख्या प्रतिबद्धता अनुसार दोब्बर पार्ने राष्ट्रका रुपमा घोषणा गरिएको थियो।

प्रकाशित: Jul 31, 2022| 06:54 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।