आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्ने

खजुरा गाउँपालिकाले मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्ने

गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

बाँके- मानव बेचबिखनविरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ। 

National life

गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउने लगायतका तयारी गाउँपालिकाले गरेको बताए।

उनले भने, ‘मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभावित परिवारलाई रोजगारीको पहिचान गरी रोजगार दिने काम पनि गाउँपालिकाबाट आगामी दिनमा गरिने छ।’

खजुरामा रहेको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिले खजुरा मानव बेचबिखनको उच्च जोखिममा रहेको जनाएको छ। गाउँपालिकाको महिला बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले अभियानले मानव बेचबिखन जोखिम हुन नदिन सहयोग पुग्ने बताइन्।

माइती नेपाल नेपालगञ्जको तथ्यांक अनुसार बाँके जिल्ला लुम्बिनी प्रदेशमै मानव बेचबिखन जोखिम हुने प्रमुख जिल्लाका रूपमा परेको छ। जिल्लामा बितेको १ वर्षमा हराएका महिलाको खोजतलासका लागि १३१ जनाको निवेदन परेकामा ४९ फेला परेको संस्थाले जनाएको छ। फेला परेका ११ जनालाई माइती नेपालले उद्धार गरिसकेको छ। यसमा कोहलपुरका १, बैजनाथका २, खजुराका १ र नेपालगञ्जका १ गरी बाँकेका ५ जना छन्।

प्रकाशित: Jul 31, 2022| 07:50 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।