शनिबार, साउन १६, २०८३

मानव अधिकार पुरस्कारका लागि सरकारले माग्यो आवेदन

सरकारले मानव अधिकार पुरस्कारका लागि आवेदन माग गरेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- सरकारले मानव अधिकार पुरस्कारका लागि आवेदन माग गरेको छ। 

मानव अधिकारको संरक्षण र संवर्द्र्धनमा उल्लेखनीय योगदान पुर्‍याउने एक व्यक्ति र एक संस्थालाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सरकारले मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ। 

यस वर्ष प्रदान गरिने मानव अधिकार पुरस्कारका लागि इच्छुक योग्य व्यक्ति तथा संस्थाले मानव अधिकार पुरस्कार वितरण कार्यविधि, २०७८ बमोजिम आवश्यक कागजात संलग्न गरी पठाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आग्रह गरेको छ।

२१ दिनभित्र मन्त्रालयमा आवेदन दिइसक्नु पर्नेछ।  infolaw@moljpa.gov.np मा आवेदन पठाउनु पर्नेछ।

प्रकाशित: Jul 31, 2022| 08:04 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।