प्रहरीले पर्सागढी नगरपालिकाबाट ठूलो परिमाणमा लागूऔषध चरेशसहित तीन महिलालाई पक्राउ गरेको छ। करिब २७ किलो चरेससहित प्रहरीले तीन महिलालाई पक्राउ गरेको हो।
राष्ट्रिय परिचयपत्रको लागि फारम भर्न सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो बढेपछि धनुषाको स्थानीय तहबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन सुरु गरिएको छ।
भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ।
ग्लोबल प्रोग्रामिङ सम्मेलनअन्तर्गत बुधबार दक्षिण कोरियामा एशिया प्रशान्त क्षेत्रका मन्त्रीको विशेष बैठकमा उनले ठूला अर्थतन्त्रले विश्व तापमान वृद्धि गरेका कारणले उत्पन्न समस्याबाट तापमान वृद्धिमा कुनै योगदान नगर्ने मुलुक पीडित हुनु...