बुधबार, साउन १३, २०८३

आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

धनुषा- आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई ३६ वर्षीया आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। 

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2022| 13:06 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।