शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महारानीको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का बेलायत जाँदै

महारानीको अत्येष्टिमा सहभागी हुन मन्त्री खड्का बेलायत जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

National life

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

बेलायतको राजधानी लन्डनमा रहँदा उहाँले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनेछन्। मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Sep 17, 2022| 06:10 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।