शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मौसमका कारण दुई दिनदेखि हुम्लामै रोकिए मानसरोवर गएका पर्यटक

मौसमका कारण दुई दिनदेखि हुम्लामै रोकिए मानसरोवर गएका पर्यटक

बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

हुम्ला- मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन्। दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन्। बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो। 

National life

ट्रेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूका अनुसार दुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुपर्ने दुई सय ५६ पर्यटक यतै रोकिएका छन्। बुधबार रातिदेखि लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आआफ्नो गन्तव्यतर्फ लाग्नुपर्ने पर्यटक ताक्ची र सिमकोटमा रोकिएका हुन्। 

तीमध्ये ताक्चीबाट हेलिकप्टरमा सिमकोट आउनुपर्ने एक सय १० पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुुपर्ने ८२ पर्यटक रोकिएका छन्। सिमकोटबाट ताक्ची जाने ६४ पनि सिमकोटमै रोकिएका छन्। ताक्चीमा रहेकामध्ये शुक्रबार हेलिकप्टरले एउटा मात्र उडान भर्न सक्दा थप पाँच पर्यटक सिमकोट आइपुुगेका छन्। 

सिमकोटबाट ताक्चीका लागि पर्यटक ल्याउन तीन हेलिकप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहे पनि लगातारको वर्षाका कारण उडान भर्न सकेका छैनन्। सिमकोटमा रहेका पर्यटक ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाज तयारी अवस्था रहे पनि उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ। 

उडान नभएपछि पर्यटक दुवै स्थानमा रोकिएका हुन्। यसले थप आर्थिक व्ययभारसमेत थपिएको छ। पानी परिरहेका कारण ताक्चीबाट लाप्चा पुुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक पनि प्रभावित भएका छन्। बादल लाग्ने र पानी परिरहेका बेला लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन। यस वर्ष सद्गुरु जग्गी बासुदेवसहित एक हजार एक सय ७५ पर्यटक मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिए।   -रासस

प्रकाशित: Sep 17, 2022| 07:01 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।