काठमाडौं– काठमाडौं महानगरले नयाँ बानेश्वर क्षेत्रमा पुनः डोजर चलाएको छ। महानगरले नयाँ बानेश्वर चोकमा सडक वरपरका अनधिकृत संरचना डोजर चलाएर भत्काएको हो।
महानगरले १५ दिनअघि यो क्षेत्रमा रहेका संरचना हटाउन आग्रह गरे पनि नहटाएपछि शुक्रबार डोजर चलाएको हो। काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तीव्र बनाउँदै लगेको छ। अवैध संरचना समय दिएर हटाउन निर्देशन दिँदा पनि यथावत रहेपछि हटाउनुपरेको महानगरको भनाइ छ।