बुधबार, साउन १३, २०८३

देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव फेला

देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका-४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका-४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्। 

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

झापा, भद्रपुर नगरपालिका-७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

सल्यान, कालिमाटी गाउँपालिका-५ खेरेलास्थित गोठरी खोलामा पहिचान खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका बारेमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2022| 13:16 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।