शनिबार, चैत २, २०८१

आजको राशिफल [२०७९ असोज १]

आज २०७९ असोज १ गते तदनुसार १७ सेप्टेम्बर २०२२ शनिबार। असोज कृष्ण सप्तमी पञ्चाङ्ग: वज्र बव रोहिणी , विश्वकर्मा पूजा / कन्या संक्रान्ति / राष्ट्रिय चलचित्र दिवस / राष्ट्रिय विज्ञान दिवस/महालक्ष्मी व्रत समाप्ति/वास्तु दिवस/महालक्ष्मी व्रत समाप्ति।
 |  शनिबार, असोज १, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, असोज १, २०७९

आज २०७९ असोज १ गते तदनुसार १७ सेप्टेम्बर २०२२ शनिबार। असोज कृष्ण सप्तमी पञ्चाङ्ग: वज्र बव रोहिणी , विश्वकर्मा पूजा / कन्या संक्रान्ति / राष्ट्रिय चलचित्र दिवस / राष्ट्रिय विज्ञान दिवस/महालक्ष्मी व्रत समाप्ति/वास्तु दिवस/महालक्ष्मी व्रत समाप्ति।

health

मेष

तपाईंलाई आज मानसम्मान मिल्नेछ। मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ। आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ।

वृष

दिन त्यति अनुकुल छैन। मनमा चिन्ता, असन्तुष्टि रहन सक्छ। लामो यात्राको लागि अवसर आउने छ। धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ। यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ।

मिथुन

 मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ। परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ। यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ।

कर्कट

नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईंलाई खुसी छाउने छ। नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ। दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मानसमेत मिल्नेछ। आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला।  

सिंह

मनमा प्रसन्नता छाउने छ। आजको दिन मौन रहनु नै बेस हुनेछ। एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नै बेस हुनेछ। आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नै राम्राे हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला।  

कन्या

व्यापारको कामबाट तपाईंलाई लाभ हुनेछ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ।

तुला

व्यापारबाट केही फाइदा हुने काम हुनेछ। मनमा चिन्ता र भय हटेर जानेछ। आत्मबल बलियो बनाउनु पर्नेछ। देवालय र शिवालयको नामस्मरण गर्नुहोला र चन्द्रमाको साथ रहेको छ। आजको दिन तपाईंले सोच अनुसारको काम हुनेछ। बिहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला।   

वृश्चिक

व्यापारबाट फाइदा हुनेछ।  छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुले समेत तपाईको कार्यप्रशसा गर्ने छन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ। सकारात्मक सोच राख्नै असक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ।

धनु

मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ। मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ। आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ।

मकर

आजको दिन भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ। कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ। देवालय र शिवालयमा नाम स्मरणले मात्र  मनमा हर्ष छाउने छ। गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईंलाई फाइदा पुग्नेछ।  

कुम्भ

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ। आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ। त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन। आर्थिक हानी हुनसक्नेछ।

मीन

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईंको मनमा उत्साह थपिने छ। अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ। घरव्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ।

प्रकाशित: Sep 17, 2022| 07:15 शनिबार, असोज १, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।