बिहीबार, साउन १४, २०८३

कांग्रेस महामन्त्री थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ। एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा डेंगु संक्रमण पुष्टि भएको हो।

उनलाई १०४ डिग्री ज्वरो आएको थियो। थापा पछिल्ला दिनमा काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा जानुका साथै अन्य राजनीतिक भेटघाटमा सक्रिय थिए। 

उनमा शरीर दुख्ने र ज्वरो आउने लक्षण देखिएको छ। अब केही दिन उनी आराम गर्ने र केही दिनका लागि राजनीतिक भेटघाट स्थगित गरिएको थापाको सचिवालयले जनाएको छ। चिकित्सकको सल्लाहअनुसार थापा औषधि लिँदै निवासमै आराम गरिरहेका छन्।

प्रकाशित: Sep 16, 2022| 13:40 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।