शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माणाधीन घरको छतबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

निर्माणाधीन घरको छतबाट खसेर सुर्खेतमा एक जनाको मृत्यु

आफ्नै निर्माणाधिन घर हेर्न जाँदा दुई तले छतबाट खसेर वीरेन्द्रनगरमा एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

National life

सुर्खेत- आफ्नै निर्माणाधिन घर हेर्न जाँदा दुई तले छतबाट खसेर वीरेन्द्रनगरमा एक जनाको ज्यान गएको छ।

वीरेन्द्रनगर नगरपालिका-१ धारापानी नजिक बस्ने ६६ वर्षीया ननीकला खत्रीको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। 

छतबाट खसेर गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 16, 2022| 13:30 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।