बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेयर बालेनको अभियानमा कांग्रेस नेता रामचन्द्र पौडेलको ऐक्यबद्धता

मेयर बालेनको अभियानमा कांग्रेस नेता रामचन्द्र पौडेलको ऐक्यबद्धता

पौडेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत महानगर प्रमुख साहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षण अभियानप्रति ऐक्यबद्धता जनाएका हुन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको अभियानमा ऐक्यबद्धता जनाएका छन्। पौडेलले शनिबार बिहान सामाजिक सञ्जालमार्फत महानगर प्रमुख साहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षण अभियानप्रति ऐक्यबद्धता जनाएका हुन्। 

नेता पौडेलले काठमाडौंको पुरानो तस्बिर फेसबुकमा राख्दै ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।

‘५० वर्षभन्दा पुरानो यो फोटोमा देखिएजस्ता कैयौं सार्वजनिक ऐतिहासिक पोखरी र पाटी वा पौवा अतिक्रमणमा परेका छन्। ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले तस्बिरसँगै लेखेका छन्, ‘काठमाडौंका मेयरले थालेको संरक्षण अभियान स्वागतयोग्य छ र यसमा मेरो पूर्ण सहयोग छ।’

प्रकाशित: Sep 17, 2022| 11:01 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।