बुधबार, साउन १३, २०८३

फुटपाथ व्यापारमा बाबुराम–बालेन सवालजवाफ

बाबुरामले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाएपछि बालेनले दिए जवाफ।
 |  शुक्रबार, भदौ ३१, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३१, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरले फुटपाथ व्यापारीको व्यवस्थापन गर्न सुझाएपछि मेयर बालेन साहले जवाफ फर्काएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमा स्वरोजगार श्रमिकको व्यवसायलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थापन गर्न सुझाएका थिए।

बाबुरामले ट्वीट गर्दै मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने मेयर बालेन साहको पहल प्रशंसनीय रहेको बताएका छन्। साथै, फुटपाथ पनि व्यवस्थित गर्न उनले ध्यानाकर्षण गराएका छन्।

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन साहका पहल प्रशंसनीय छन्। फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ र समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

भट्टराईको पोस्टमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्नुपथ्र्यो नि।’

बालेनको जवाफमा मिश्रित प्रतिक्रिया आइरहेको छ। केहीले बालेन पनि हर्क साम्पाङजस्तै बन्न खोजेको बताएका छन्।


प्रकाशित: Sep 16, 2022| 11:15 शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।