शुक्रबार, जेठ १, २०८३

जीर्ण बन्दैछन् झोलुङ्गे पुल

चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँड्न छाडेका छन्।
 |  शनिबार, असोज १, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १, २०७९

सिन्धुपाल्चोक- चौतारा–मेलम्ची सडकको निर्माण पूरा भएपछि झ्याडी खोलामा रहेको झोलुङ्गे पुलमा मान्छे हिँड्न छाडेका छन्। मान्छे नहिँड्ने र त्यसको संरक्षण पनि नभएकाले अहिले सो पुलको भग्नावशेष मात्र बाँकी छ।

National life

सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि झ्याडी खोलाको जस्तै  जिल्लाका १ दर्जन झोलुङ्गे पुल ओझेलमा परेका छन्। पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको कुञ्चोकका जीवन गिरी बताउँछन्। एक गाउँबाट अर्को गाउँमा जाँदा खोला र नदी तर्नका लागि सहज बनाउन निर्माण गरिएका त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा वरदान सावित भएका थिए। अहिले यातायात र सञ्चारको आधुनिकीकरणसँगै झोलुङ्गे पुलको महत्त्व घटेको छ। 

पहिला–पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँडडुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको भग्नावशेष मात्र बाँकी छ। मेलम्चीमा मोटरबाटो निर्माण हुँदा पक्की पुल बनेपछि यसबाट मान्छे हिँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीय पुरुषोत्तम घोरासैनी बताउँछन्। 

तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोला लगायत यस क्षेत्रका १ दर्जन जति पुल सडकको विस्तारसँगै उपयोगविहीन बनेका हुन्।


प्रकाशित: Sep 17, 2022| 09:29 शनिबार, असोज १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।