काठमाडौंमा पैदल हिँड्नु सकसको यात्रा हो। यहाँको सडकले पैदलयात्रीलाई चिन्दैन। भलै काठमाडौंको ठूलो जनसंख्या पैदल हिँडछ। तर, सडक भने गाडीमा हुइँकनेका लागि मात्र चिन्तित छ।
महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदै छ। यसअघि राजपाबाट निर्वाचित विनोद चौधरीको २०७६ वैशाख ४ गते निधन भएपछि पिपरा गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो।
प्रधानमन्त्री केपीशर्मा ओलीले पछिल्ला केहि दिन यता बढाएको सक्रियतालाई मन्त्री फेरबदलसँगै अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी दिने तयारीका रुपमा विश्लेषण गर्न थालिएको छ ।
५८ वर्षमा अनिवार्य अवकाश पाउँदै आएका कर्मचारीले अब ६० वर्षसम्म काम गर्न पाउने भएका छन् । तर, यहि विद्येयकमा भएको व्यवस्थाअनुसार पूर्व कर्मचारीले सरकारको विरोध गरे पेन्सन नै खारेज गर्ने...
चीनले नेपाल-भारत सीमा विवाद वार्ताका माध्यमबाट टुङ्ग्याइनुपर्ने बताएको छ। बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले आपसी सम्वादबाट सुल्झाउनु पर्नेमा जोड दिएको...
भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री लालबाबु राउत अमेरिका उड्नुअघि सोनललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।