आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै, कालापानीको विषयमा छलफल नहुने

नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै, कालापानीको विषयमा छलफल नहुने

नेपाल-भारत सीमा विवाद चर्किदै गएका बेला सीमा सुरक्षा बैठक पोखरामा बस्दैछ । तर, बैठकमा भारतबाट अतिक्रमणमा परेको भूमिका विषयमा छलफल नहुने भएको छ ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडाैं- नेपाल भारत सीमा सुरक्षा बैठक बस्दै, कालापानीको विषयमा छलफल नहुने

कात्तिक– नेपाल-भारत सीमा विवाद चर्किदै गएका बेला सीमा सुरक्षा बैठक पोखरामा बस्दैछ । तर, बैठकमा भारतबाट अतिक्रमणमा परेको भूमिका विषयमा छलफल नहुने भएको छ ।

तीन वर्षपछि मंसिर ४ गतेदेखि ६ गतेसम्म बस्न लागेको बैठकमा सीमा क्षेत्रमा हुने अपराध, अवैध ओसारपसार नियन्त्रण, संयुक्त सुरक्षा गस्तीलगायतका विषयमा छलफल हुने भएको छ। भारतले सीमा अतिक्रमण गरेको विषय भने छलफलको एजेन्डा बनाइएको छैन् ।

पछिल्लो समय लिम्पियाधुरदेखि लिपुलेकसम्मको क्षेत्रलाई समेटेर भारतले जारी गरेको नयाँ नक्साका विषयमा बैठकमा छलफल नहुने भएको छ । सीमा सुरक्षाको विषयमा मात्रै छलफल हुने भएकाले यो बैठकमा कालापानी क्षेत्र भारतले हडपेको विषयमा छलफल गर्ने कुनै तयारी नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालको लिपुलेक, कालापानीलगायतका भूभागलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेसँगै त्यसको नेपालमा चर्को विरोध हुँदै आएको छ। नेपाल सरकारले पनि भारतीय नयाँ नक्सा स्विकार्न नसकिने बताएको छ । तर, भारतले भने नयाँ नक्सामा आफ्नो भूमि मात्रै समेटिएको दाबी गर्दै आएको छ ।

सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् । सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर गृह मन्त्रालयमा पेस गरेका छन् । सो प्रस्ताव गृहले परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।

हरेक वर्ष आयोजना हुनुपर्ने नेपाल–भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

प्रकाशित: Nov 15, 2019| 03:35 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।