आइतबार, साउन ३१, २०८३

कम्युनिष्टलाई बहुमत दिने जनताले धोका पाए: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले कम्युनिष्ट लाई बहुमत दिएर धोका पाएको बताएका छन्।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले कम्युनिष्ट लाई बहुमत दिएर धोका पाएको बताएका छन्।

बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले कम्युनिष्टलाई बहुमत दिएर जनताले त्यसको बदलामा भ्रष्टाचार, महंगी र असुरक्षामात्रै पाएको दाबी गरे।

उनले भोट दिँदा विपक्षी नचाहिएपनि अहिले जनतालाई बलियो प्रतिपक्षी चाहिएको बताए।

भारतले सीमा मिचेको विषयमा सरकाले कुटनीतिक पहल गर्नुपर्ने उनले बताए।

मंसीर १४ गते हुने उप निर्वाचनमा कसैसँग तालमेल नहुने भएका कारण सबै कांग्रेस कार्यकर्तालाई एकजुट भएर लाग्न उनले आग्रह गरे।

फरक प्रसंगमा बोल्दै सभापति देउवाले संवैधानिक पदको नियुक्ति उपनिर्वाचन पछि हुने सहमती सरकारसंग भएको खुलासा गरे।

प्रकाशित: Nov 14, 2019| 12:29 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।