आइतबार, साउन ३१, २०८३

लागूऔषधसहित पक्राउ

प्रहरीले धनुषाको लक्ष्मिनिया गाउँपालिका–१ सोहनी बस्ने २० वर्षीय बिपिन यादवलाई लागूऔषधसहित पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं- प्रहरीले धनुषाको लक्ष्मिनिया गाउँपालिका–१ सोहनी बस्ने २० वर्षीय बिपिन यादवलाई लागूऔषधसहित पक्राउ गरेको छ।

नियन्त्रित लागूऔषध नाइट्राभेट १२ ट्याबलेट, स्पासमो प्रिभोन ३ ट्याबलेट, नाईट्रोसन ७ ट्याबलेट र करिब ५० ग्राम अवैध लागुऔषध गाँजासहित बिहीबार राति उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ पछगाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित धनगढीमाई नगरपालिका–१४ खुट्टी बस्ने ५० वर्षीय रामबहादुर तामाङ पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो।

प्रकाशित: Nov 15, 2019| 08:25 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।