आइतबार, साउन ३१, २०८३

क्याम्पस प्रमुखको राजीनामा माग्दै तालाबन्दी

बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

बाजुरा- बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले अनिश्चितकालीन तालाबन्दी गरेको छ।

नेविसघं बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामालगायतका सातबुँदे माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले जानकारी दिए।

क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको आरोप नेविसंघको छ। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसंघले तालाबन्दी गरेको छ।

तालाबन्दीप्रति क्याम्पस प्रमुख पण्डितले कुनै चासो नदेखाउँदै एकलौटी ताला तोडेर कार्यक्रम गरेको आक्रोशमा पुनः अनिश्चितकालका लागि तालाबन्दी गरेको नेविसंघले जनाएको छ।

प्रकाशित: Nov 15, 2019| 08:28 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।