आइतबार, साउन ३१, २०८३

सोनल बने प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री

भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री लालबाबु राउत अमेरिका उड्नुअघि सोनललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

जनकपुरधाम - भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल प्रदेश २ का कार्यबाहक मुख्यमन्त्री बनेका छन्। मुख्यमन्त्री लालबाबु राउत अमेरिका उड्नुअघि सोनललाई कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन्।

राजपा नेपालबाट मन्त्री बनेका सोनल बरियता क्रममा प्रदेश सरकारमा दोस्रो मन्त्री हुन्। मुख्यमन्त्री राउतले आफूलाई फोन गरेर कार्यबाहकको जिम्मेवारी दिएको उनले बताए।

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले आफ्नै अगाडि मुख्यमन्त्री राउतले फोन गरेर मन्त्री सोनललाई कार्यबाहकको जिम्मेवारी दिएको बताए। कार्यबाहकको पत्र दिइएको छ/छैन भन्ने नेपाल समयको जिज्ञासामा प्रमुख सचिव सुवेदीले भने,‘कार्यबाहकको जिम्मेवारी दिन लिखित पत्र नै दिनुपर्ने भन्ने छैन। वरिष्ठताको हिसाबले उहाँपछिको मन्त्री कार्यबाहक मुख्यमन्त्री हुने कानुनी व्यवस्था छ।’

‘मुख्यमन्त्रीपछि दोस्रो बरियतामा सोनलज्यू पर्नुहुन्छ, मुख्यमन्त्रीज्यूले उहाँलाई कार्यबाहकको जिम्मेवारी दिनु भएको हो,’ प्रमुख सचिव सुवेदीले भने।

मुख्यमन्त्री राउत अमेरिकास्थित एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को साधारणसभामा भाग लिन बुधबार अमेरिका गएका छन्। राउतसँगै प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासमेत अमेरिका गएका छन्। एन्टाको कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री राउतको ४ मंसीरमा स्वदेश फर्कने कार्यक्रम रहेको छ। मुख्यमन्त्री भइसकेपछि राउत पहिलो पटक विदेश भ्रमणमा गएका हुन्।

प्रकाशित: Nov 14, 2019| 13:34 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।