काठमाडौं- प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको छ।
जाजरकोटको नलगाड नगरपालिका रघुनाथ घर भएका ओली बिहीबार राति कोहलपुरबाट पक्राउ परेका हुन्। पूर्वमाओवादी लडाकुसमेत रहेका ओलीमाथि चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजनी गरेको आरोप छ।
ओलीबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले बाराको पचरौता नगरपालिका–७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका–१ लक्ष्मनवा बैरिया बस्ने ४२ वर्षीय मोहनप्रसाद यादवलाई पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट दुई लाख रुपैयाँ बराबरको नगदी रसिदसमेत बरामद गरेको जनाएको छ।