आइतबार, साउन ३१, २०८३

ओलीको सक्रियता : दाहालका लागि लाभ कि हानि ?

प्रधानमन्त्री केपीशर्मा ओलीले पछिल्ला केहि दिन यता बढाएको सक्रियतालाई मन्त्री फेरबदलसँगै अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी दिने तयारीका रुपमा विश्लेषण गर्न थालिएको छ ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालन र पार्टीको भावी योजनाका विषयलाई लिएर सक्रियता बढाएका छन्।

पार्टीको आगामी कार्ययोजना, मन्त्रिपरिषद् पुनर्गठन र सभामुख चयनबारे उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालसँग छलफल तीव्र पारेका हुन्।

कतिपयले प्रधानमन्त्रीले स्वास्थ्योपचारमा समय दिनुपर्ने भएपछि अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको जिम्मेवारी दिन लागेको विश्लेषण गर्न थालेका छन्।

यद्यपि, पार्टीको जिम्मेवारी दाहाललाई सुम्पिन पूर्व एमाले समूह तयार देखिँदैन ।

बिहीबार बालुवाटारमा ओली र दाहालबीच दुई चरणमा भएको छलफलमा पार्टीको कार्य विभाजन गर्दा सबैलाई समेट्ने, सरकार सञ्चालन अध्यक्ष ओलीले र पार्टी सञ्चालन अध्यक्ष दाहालले गर्ने विषयमा छलफल भएको दाहाल निकट नेता हरिबोल गजुरेल बताउँछन् ।

उसो भए ओलीले पार्टीको कार्यकारी अध्यक्ष दाहाललाई बनाउन चाहेका हुन् त ?

‘एकजना कार्यकारी अध्यक्ष भन्ने हुँदैन । अहिले एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टीको नेतृत्व गरिरहनुभएको छ । कार्यकारी अध्यक्ष त महाधिवेशनले टुंगो लगाउने हो,’ गजुरेलले भने ।

यस्तै प्रधानमन्त्री ओलीले संवैधानिक निकायमा नियुक्तिका विषयमा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

नेपाल पक्षले पार्टीका महत्त्वपूर्ण निर्णयमा नसमेटेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले २६ गते वरिष्ठ नेता नेपालसँग छुट्टै भेट गरी पार्टीको आगामी रणनीतिबारे छलफल गरेका थिए।

ओलीको सक्रियतालाई नेपाल पक्षले सहमतिको संस्कार बसाल्ने प्रयासका रूपमा बुझेको छ।

विगत तीन महिनायता नेपालसँग चिसिएको सम्बन्ध पछिल्लो भेटवार्तापछि केही सुधार भए पनि नेपाल पक्ष अझै प्रधानमन्त्री ओलीप्रति विश्वस्त हुन नसकेको नेकपाका एक नेता बताउँछन्।

तर मंगलबार र बुधबार नेपालसँग भएको भेटवार्ताले सकारात्मक परिणाम निस्कने ओली निकट एक नेताले बताए।

नेपाल र ओलीबीच पार्टीलाई अगाडि बढाउने आगामी रणनीतिबारे छलफल भएको नेपाल निकट स्रोतले बताएको छ ।

नेकपाका एक नेता सबै शीर्ष नेता मिलेरै पार्टी र सरकारलाई गति दिन ओलीको सक्रियता बढेको बताउँछन्।

प्रकाशित: Nov 15, 2019| 05:07 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।