आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, रिमाल र भट्टराई यथावत

प्रधानमन्त्रीको सचिवालयबाट ६ जना हटाइए, रिमाल र भट्टराई यथावत

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रेस सल्लाहकार कुन्दन अर्याल सहित ६ जनाको राजीनामा स्वीकृत भएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत प्रेस सल्लाहकार कुन्दन अर्याल सहित ६ जनाको राजीनामा स्वीकृत भएको छ।

१ मंसीरदेखि लागू हुने गरी अर्यालसहित ६ जनाको राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ। केही दिनअघि प्रधानमन्त्रीले सचिवालयमा कार्यरत सबैको राजीनामा माग गरेका थिए। त्यसबेला राजीनामा दिएकामध्ये ६ जनाको राजीनामा स्वीकृत भएको हो ।

राजीनामा स्वीकृत हुनेमा जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्।

प्रधानमन्त्रीले आफ्नो प्रमुख सल्लाहकारमा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई निरन्तरता दिएका छन् ।

प्रकाशित: Nov 15, 2019| 04:01 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।