आइतबार, साउन ३१, २०८३

चोरीका ३ गाडीसहित ट्रान्सपोर्ट सञ्चालक पक्राउ

 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६


काठमाडौं - चोरी गरिएका तीन गाडीसहित प्रहरीले एक ट्रान्सपोर्ट सञ्चालकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्दप्रसाद पुडासैनी छन्।उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। 

उनको साथबाट चोरी गरिएका बा.२१ च ८७१४ र बा.१८ च ३१३८ नम्बरको स्कार्पियो तथा बा.११ च ९७९४ नम्बरको प्राइभेट फर्च्युनर कारसहित कलंकीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पुडासैनी काठमाडौं सोह्रखुट्टे नयाँबजारस्थित आदित्य ट्रान्सपोर्टका सञ्चालक हुन्।

उक्त ट्रान्सपोर्टले चोरीको गाडी प्रयोग गर्ने गरेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए।  उनीबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Nov 15, 2019| 07:00 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।